लियो जिल्ला परिषद् ३२५ एम , नेपालद्वारा क्लब अफिसर प्रशिक्षण कार्यक्रम सम्पन्न

साउन २२/पोखरा: लियो जिल्ला परिषद् ३२५ एम, नेपाल द्वारा गण्डकी प्रदेशमा रहेका क्लब अफिसर प्रशिक्षण कार्यक्रम पोखरा स्थिति ईन्फर्मेटिक्स कलेज रानीपौवामा सप्पन्न गरेको छ।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम , नेपालका डिस्ट्रिक्र्ट गभर्नर लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो र बिरुवामा पानी हालेर कार्यक्रमको उट्घाटन गर्दै पौडेलले लायन्स र लियोको सहकार्यले नै हाम्रो एम , नेपाल एउटा थप उचाईमा पुग्ने र लियोलाई आवश्यक परेको खण्डमा हर सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम नेपाल का 2nd VG लायन चण्डी प्रसाद अर्याल , लायन धनीराम बराल , के. नेपालका उपाध्यक्ष लियो अविरल पौडेल , एम का कोषाध्यक्ष लियो प्रेमराज तिवारी लगायतले आफ्नो मन्तव्य राखेका थिए।‌ प्रक्षिक्षकको रुपमा लियो जिल्ला परिषद ३२५ जे नेपालका अध्यक्ष लियो किरण थापा , लियो जिल्ला परिषद ३२५ बि १ नेपालका पुर्ब अध्यक्ष लियो बिनायक पौडेल , लियो लायन हरिहर पराजुली रहेका थिए l कार्यक्रममा लियो परिषद एम , नेपालका अध्यक्ष लियो सुशील भण्डारी ज्युले आफ्नो १ वर्षे कार्ययोजना समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता लियो सुशील भण्डारीले गरेका थिए।स्वागत मन्तव्य रिजन कोडिनेटर लियो सन्तोष बरालले दिएको उक्त कार्यक्रममा कार्यक्रम संचालन सचीव लियो दिक्षान्त खाँणले गरेका थिए।

लियो क्लब अफ पोखरा माउन्टेन सिटी, लियो क्लब अफ पोखरा फिस्टेल सिटीद्वारा कार्यक्रमको संयोजन गरिएको थियो भने धन्यवाद मन्तव्य लियो सन्दिप पराजुलीले राखेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका लियो तथा लायन्स क्लबका लियो र लायनको उल्लेखनीय उपस्थिति रहेको थियो l

Share Post on Social media