दहथुम बहुमुखी क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरियो

साउन २४/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले दहथुम बहुमुखी क्याम्पस दहथुममा अध्ययनरत ५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

आज दहथुम बहुमुखी क्याम्पसमा एक कार्यक्रम आयोजना गरी एक लाख बयासी हजार बराबरको रकम छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ। उक्त कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्य, पूर्व नगरप्रमुख छायाराम खनाल, नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्याल लगायत स्थानीय समाजसेवी पिताम्बर श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, शिक्षक, पत्रकार र दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत करिब ८० जना विद्यार्थीको सहभागिता रहेको थियो।

दहथुम बहुमुखी क्याम्पसलाई स्तरोन्नति गरी यस क्षेत्रकै उत्कृष्ट क्याम्पस बनाउने अभियानका साथ कार्ययोजना अघि बढेको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ।

Share Post on Social media