वालिङका लथालिङ्ग तारहरू व्यवस्थित गर्न मेयरले दिए निर्देशन
भदौ १५/वालिङ: वालिङ नगरपालिकाले वालिङ बजारमा सडक तथा बजार क्षेत्र नै कुरुप हुने गरी राखिएका बिजुली, इन्टरनेट तथा केबुलका तारहरु व्यवस्थित सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । सेवा प्रदायकहरूसँग छ्लफल गरी ३५ दिनभित्र अव्यवस्थित रुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिइएको नगर प्रमुख कृष्ण खाँणले बताए ।
अव्यवस्थित तारहरूले शहर नै कुरुप भएको हुँदा पूराना र अनावश्यक तारहरू हटाउन निर्देशन दिइएको नगर प्रमुख खाँणले जानकारी दिए। तोकिएको समयभित्र सम्बन्धित निकायले तारहरु व्यवस्थित नगरेमा पालिकाले नै तारहरू हटाउने तर त्यस वापतको क्षति सेवा प्रदायकले नै बेहोर्नुपर्ने नगरपालिकाले जनाएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्