संविधान दिवसको अवसरमा काँग्रेस भीरकोटले गर्यो सफाइ तथा डेंगु सचेतना कार्यक्रम

असोज ३/स्याङ्जा: संविधान दिवसको अवसरमा नेपाली काँग्रेस भीरकोटले नगर सरसफाई तथा डेंगु सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ। उक्त सफाइ तथा सचेतना कार्यक्रममा भीरकोट नगरपालिकाका‌मेयर गोविन्द कुमार कर्माचार्य, नगर उपप्रमुख भगवती अर्याल, नेपाली काँग्रेस भीरकोट सभापति लक्ष्मण अधिकारीसहितका नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ता उपस्थित भई सरसफाई कार्यक्रम गरेका थिए।‌‌

सफाइ कार्यक्रम सँगसँगै हालै महामारीको रुप लिइरहेको डेंगु रोगबारे पनि सचेतना दिइएको थियो।

Share Post on Social media