प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिए, स्याङ्जामा को?

असोज ७: निर्वाचन आयोगले यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ।

देशभरका १६५ वटा निर्वाचन क्षेत्रबाट १६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुने व्यवस्था छ। स्याङ्जा जिल्लामा रहेका दुईवटा निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत स्याङ्जामा जिल्ला न्यायाधीशको रुपमा कार्यरत माननीय रोमाकान्त ज्ञवाली तथा न्यायाधिवक्ताको रुपमा जिल्ला सरकारी वकील कार्यालय स्याङ्जामा कार्यरत रामचन्द्र शर्मा निर्वाचन अधिकृत तोकिएका छन्।

सम्पूर्ण विवरणको लागि यो लिंकमा क्लिक गर्नुहोस्।

https://election.gov.np/admin/public//storage/HoR/%E0%A4%AE%E0%A5%81.%E0%A4%A8%E0%A4%BF.%E0%A4%85%20.pdf
Share Post on Social media