दरौँखोला युवा परिवारले पञ्चकन्या मन्दिर परिसरमा जोड्यो सडकबत्ती

असोज १०/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिका वडा नं १ केटीचौरमा अवस्थित पञ्चकन्या मन्दिरमा दरौँखोला युवा परिवारले बिजुलीबत्ती (सडकबत्ती) जडान गरेको छ।

घटस्थापनाको अवसर पारेर मन्दिर परिसरदेखि प्रवेशद्धारसम्मै सडकबत्ती राखिएको दरौँखोला युवा परिवारले जनाएको छ। दशैँको अवसरमा मन्दिरमा आउने भक्तजनहरुलाई कुनै असहज नहोस् भनी आफ्नै लगानी र सक्रियतामा दरौँखोला युवा परिवारले बत्ती जोडेको हो।

सडकबत्ती जडान कार्यमा स्थानीय युवाहरुको सहभागिता रहेको थियो।

Share Post on Social media