चाडबाडको अवसरमा विरुवा गाउँपालिकाले गर्यो शुभकामना कार्यक्रम

असोज १३/स्याङ्जा: हिन्दूहरूको सबैभन्दा ठूलो चाड विजयादशमीको अवसरमा विरुवा गाउँपालिकाले पालिकामै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।‌‌‌‌‌

आज आफ्नै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी विजयादशमी, शुभदीपावली, छठ, नेपाल संवत् तथा इदुल फित्रको शुभकामना आदानप्रदान गरिएको पालिकाले जनाएको छ।

विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर, उपाध्यक्ष भगवती शर्मा, प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपाने लगायतका जनप्रतिनिधि, कर्मचारी लगायतका विभिन्न व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो।

Share Post on Social media