स्याङ्जामा नयाँ प्रजिअको स्वागत तथा निवर्तमान प्रजिअको बिदाई कार्यक्रम सम्पन्न

असोज २५/खबरकलम संवाददाता:


एक कार्यक्रमकाबीच कर्मचारी मिलन केन्द्र स्याङ्जाले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाई स्वागत तथा काज सरुवा हुनुभएका निवर्तमान प्रजिअ राजुप्रसाद पौडेललाई बिधाई गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नवआगन्तुक प्रजिअ क्षेत्रीले कर्मचारी मिलन केन्द्रमा पहिलेभन्दा अहिले परिवर्तन आएको बताउनुभयो । उहाँले सबै कर्मचारी मिलेर कार्यलयमा आउने सेवाग्राहीहरुको काम छिटो गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी बिदाई भएर जान लाग्नुभएका निवर्तमान प्रजिअ पौडेलले स्याङ्जाको बसाईमा स्याङ्जाले लगाएको गुन कहिल्यै नभुल्ने साथै यहाँको बसाई स्मरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले नवागंतुक प्रजिअ क्षेत्रीलाई र बिधाई हुनुभएका निवर्तमान प्रजिअ पौडेललाई फुल,माला,खादा र मायाको चिनोले स्वागत तथा बिधाई गर्नुभएको थियो । स्याङ्जाका निवर्तमान प्रजिअ पौडेलको जिल्ला प्रशासन कार्यालय चितवनमा सहायक प्रजिअका रुपमा काज सरुवा भएको हो भने प्रजिअ क्षेत्री जिल्ला प्रशासन कार्यालय चितवनबाट स्याङ्जा आउनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहालमा भएको स्वागत तथा बिधाईको कार्यक्रम सुरक्षा निकायका प्रमुखहरू , अन्य सरकारी निकायका प्रमुखहरु लगायतको उपस्थितिमा प्रशासकीय अधिकृत भरतराज पाण्डेले संचालन गर्नुभएको थियो ।

Share Post on Social media