आँधीखोलामा पौडी खेल्दा डुबेर एकको मृत्यु

असोज २८/स्याङ्जा: आँधीखोलामा पौडी खेल्दा डुबेर एकको ज्यान गएको छ।

वालिङ नगरपालिकाको त्रियासी भन्दा तल आँधीखोलाको रहमा डुबेर १९ वर्षीय संगम रेग्मीको ज्यान गएको हो। प्रहरीले जनाएअनुसार पोखराबाट गोताखोरको टोली ल्याई निरन्तर खोजी पश्चात १५ फिट गहिराइबाट शव निकालिएको हो।

उक्त युवकको खोजीमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी गुल्म नं. ३० प्रमुख, वालिङ नगरपालिकाका नगरप्रमुख लगायत पत्रकार र स्थानीय सहित ठूलो संख्यामा प्रहरी सक्रिय थिए।

Share Post on Social media