“यो गठबन्धन सातुको डल्लो हो,पानी सुकेपछि फासफुस हुन्छ” ओली।

कार्तिक २१/स्याङ्जा: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई सातुको डल्लोको संज्ञा दिएका छन्।

आज स्याङ्जा एमालेले स्याङ्जा जिल्लाको सदरमुकाममा गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनप्रति लक्षित गर्दै हालको गठबन्धन देश र जनताको हितमा नभएको बताए। पाँचथरी कुराहरु एकठाउँमा मिसाउँदा कस्तो खिचडी बन्छ? र, त्यो खिचडी खाँदा त्यसले के असर पार्छ? भन्दै ओलीले यो गठबन्धनरुपी पिलोलाई जसरी भएपनि निचोरेर फाल्न आग्रह गरे।

सभालाई सम्बोधन गर्दै उनले आफूले नेकपा एमालेको निम्ति भोट नमाग्ने तर नागरिकलाई सचेत भएर बिबेक पुर्याएर मत हाल्नैपर्ने ठाउँमा मत हाल्न अनुरोध गरे।

उनले स्याङ्जा जिल्लाको दुई तीनवटा बुथमा काँग्रेसले अरुलाई काँग्रेस बाहेक अन्य पार्टीमा भोट हाल्न नउिन बुथ नै कब्जा गर्ने गरेको कुरा निकाल्दै प्रहरी र प्रशासन समेतलाई निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउन सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे।

उक्त चुनावी सभामा स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु पद्मा अर्याल, नारायण मरासिनी, सुधिर पौडेल, मोहन रेग्मी, सिता सुन्दास, बुद्धिमान श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

Share Post on Social media