डा. सैयदको पहलमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण


४ पुस/नारायण कोइराला: चिकित्सा तथा समाजसेवामा चर्चित डा. मनोर दिन सैयदको पहलमा स्याङ्जाका ४७ जना विद्यार्थीहरूलाई न्यानो कपडा एवं विद्यालय पोशाक वितरण गरिएको छ।

स्याङ्जाको भीरकोट नगरपालिकामा अवस्थित लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय न्यानो कपडा एवं विद्यालय पोशाक वितरण गरिएको डा. सैयदले जानकारी दिए। उनका अनुसार विद्यार्थीहरूलाई सर्ट, पाइन्ट, स्वीटर, जुत्ता, मोजा र टाइ प्रदान गरिएको हो। विपन्न वर्गका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न निस्वार्थ भावले सहयोग गरेको उनको भनाई छ।

उक्त विद्यालयमा अध्ययनरत अति विपन्न, गन्धर्व , मुस्लिम र माझी समुदायका विद्यार्थीहरू अध्ययनरत छ्न्।वडा अध्यक्ष दिपेन्द्र के.सी. र समाजसेवी व्यक्तित्व नसिवदिन मियाँको पहलमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक गंगाधर गौतमले जानकारी दिए। वडा अध्यक्ष के.सी. का अनुसार करिब १लाख ५० हजार मूल्य बराबरको न्यानो कपडा वितरण गरिएको हो। न्यायो कपडा वितरण कार्यक्रममा पूर्व नगर प्रमुख छायाराम खनाल, शुभलक्ष्मी बचत सहकारीका अध्यक्ष भक्त बहादुर के.सी,समाजसेवी नसिवदिन मिया लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। आगामी दिनमा पनि शैक्षिक सहायता, न्यानो कपडा वितरण, खाद्यान्न वितरण लगायतका परोपकारी कार्यक्रम लिएर जिल्ला आउने डा. सैयदले बताए। परोपकार र समाजसेवाका विभिन्न कार्यक्रम लिएर देशका दुरदराजमा निरन्तर पुगिरहेका डा. सैयद मनोमहन अस्पतालमा कार्यरत छ्न्।

Share Post on Social media