भीरकाेट जेसीज बर्ष २०२३ का लागि सुन्दर कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित

पुष १६/स्याङ्जा: अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसिसको भीरकोट शाखा भीरकोट जेसिसको अध्यक्षमा सुन्दर कोइराला निर्वाचित भएका छन्।

आज सम्पन्न अधिवेशनले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। साथै का.का उपाध्यक्ष जेसी विजय गुरूङ, का.का उपाध्यक्ष जेसी बिमला रेग्मी श्रेष्ठ, कानूनी सल्लाहकार जेसी वर्षा पंगेनी, महासचिव जेसी शिव प्रसाद खनाल ,काेषाध्यक्ष जेसी रिवन विश्वकर्मा, उपाध्यक्ष जेसी विनाेद अधिकारी , उपाध्यक्ष जेसी खगेन्द्र थापा, उपाध्यक्ष जेसी भुपेन्द्र चापागाई, उपाध्यक्ष जेसी सुशील अर्याल, बाेर्ड सल्लाहकार जेसी राज कुमार गुरूङ, अध्यक्ष सल्लाहकार जेसी भरत खडका , तालिम आयुक्त जेसी सिर्जना गाैतम , शाखा सम्पादक जेसी सुशील खाण, सचिव जेसी रुद्र ढुङ्गाना, महिला परिचालिका जेसी गेमा थापा, युवा परिचालक जेसी हरि श्रेष्ठ चयन भएको जनाइएको छ।

Share Post on Social media