अर्जुनचौपारीमा ३० घर परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरियो

पौष १९/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकामा रहेको दलित उत्थान केन्द्रले पालिकाभित्र रहेका अतिविपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको छ।

स्याङ्जा सहयोग समाज अर्जुनचौपारी इकाई कमिटी दोहा कतार तथा अर्जुनचौपारी गाउँपालिकाको विशेष सहयोगमा प्रत्येक वडामा ५ /५ जना गरी ३० घर अति विपन्न परिवारका लागि जाडोबाट बच्नका लागि १ /१ सेट बिस्तारा वितरण गरिएको छ। वितरण कार्यक्रमका प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीले विपन्न वर्ग उत्थानका लागि पालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको र विपन्न वर्ग उत्थानका लागि अहिले पालिकाले निशुल्क स्वास्थ्य बिमा , निशुल्क एम्बुलेन्स सेवादेखि अरु धेरै कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

कार्यक्रमका विशिष्ट अतिथिहरु अर्जुनचौपारी गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ , स्याङ्जा सहयोग समाज अर्जुनचौपारी इकाई कमिटी दोहा कतारका कोषाध्यक्ष रेशम नेपाली, वडा नं १ का.वडाध्यक्ष रण बहादुर थापा,२ न. वडाध्यक्ष, धनबहादुर गुरुङ , ३ नं.वडाध्यक्ष शोभकान्ता काफ्ले , ५ न.वडाध्यक्ष बद्री पौडेल ,६ न.वडाध्यक्ष बद्रि पौडेलले दलित उत्थान केन्द्रले गरेको कार्यक्रमको सफलताको कामना गर्दै आफुहरुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउदै धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमको संयोजन दिपक विश्वकर्माले गरेका थिए।

Share Post on Social media