फोटोग्राफर मञ्च स्याङ्जाको प्रथम साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

पौष २३/स्याङ्जा: फोटोग्राफर मञ्च स्याङ्जाको प्रथम साधारणसभा एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ।

वालिङ नगरपालिकाको वडा नं ११ स्थित पर्यटकीय स्थल बाहुनथानमा सम्पन्न भएको उक्त कार्यक्रममा स्याङ्जा जिल्लाभर क्रियाशील रहेका फोटोग्राफर तथा फोटोपत्रकारहरुको समेत उपस्थिति रहेको थियो।‌

फोटोग्राफर मञ्च स्याङ्जाका अध्यक्ष बिमल खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य फोटोग्राफर मञ्च स्याङ्जाका वरिष्ठ उपाध्यक्ष ढाकाराम खनालले दिएका थिए। एक आर्थिक वर्षको आयव्यय कोषाध्यक्ष प्रदिप पाठकले सार्वजनिक गरेका थिए भने सञ्चालन सचिव बाबुराम रेग्मीले गरेका थिए।

उक्त साधारणसभाले नयाँ सदस्यता वितरण खुला गर्ने सहितका विविध निर्णयहरु गरी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा करिब ५० जना सक्रिय फोटोव्यवशायी तथा भिडियोग्राफरहरुको उपस्थिति रहेको थियो।

Share Post on Social media