दरौँखोला सामीप्य समाज पोखराको दोश्रो अधिवेशनबाट अध्यक्षमा बोधराज गौतम निर्वाचित

पौष ३०/पोखरा: दरौँखोलाबाट पोखरा आई विभिन्न व्यवसाय,जागिर पेसा तथा स्थायी बसोबास गरी बसेका मानिसहरूको सुखदुःखको साझा चौतारीका रूपमा निर्माण भएको समाजको आज दोस्रो अधिवशन,पाँचौँ साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम संस्थाका अध्यक्ष शोभित खड्काको अध्यक्षतामा सम्पन्न भएको छ।

संस्थाका संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि घनश्याम रिजालले संस्थाको प्रशंसा गर्दै समाजको बहुउद्देश्यीय भवन निर्माणका लागि सहकार्य र एकताको आवश्यकता भएको बताउनुभयो।संस्थाले साधारण सभाका अवसरमा प्रा.डा.कृष्ण कोइराला,बाल प्रभात बोर्डिङ स्कुल र लेखा संयोजक शिव अर्याललाई सम्मान गरेको छ भने संस्थाका संरक्षक श्री रामेश्वर अर्याललाई संरक्षकको प्रमाणपत्र प्रदान गरेको छ।

कार्यक्रमको पहिलो सत्रमा युवाका तर्फबाट बालकृष्ण घिमिरे,सल्लाहकार वरिष्ठ सई होतबहादुर रोका,संरक्षक रामेश्वर अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने अनुजा गौतमले सन्देशमूलक कविता प्रस्तुत गर्नुभएको थियो। पोतप्रसाद अर्याल संयोजक,सदस्यमा शिवप्रसाद अर्याल र डिल्लीराम अर्याल रहेको निवार्चन मण्डलले बोधराज गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

यसैगरी कार्यसमितिको उपाध्यक्षमा गङ्गाराम पौडेल,सचिवमा नम रोका,सहसचिवमा विनिता घिमिरे, कोषाध्यक्षमा रामबहादुर क्षेत्री,सदस्यहरूमा मीना अधिकारी,छविलाल जिसी, झक रोका, मञ्जु कार्की, मिनप्रसाद तिवारी र सोवित रोका रहनुभएको छ। जनसम्पर्क समितिको संयोजक क्याप्टेन मीन बहादुर कार्की सहसंयोजक डिल्लीराम घिमिरे,सचिवालय संयोजकमा शोभित खड्का,दिदीबहिनी क्वालिटी सर्कलको संयोजकमा मीना अधिकारी,सहसंयोजकमा मञ्जु कार्की,लेखा समिति संयोजकमा शिव अर्याल,सहसंयोजकमा कमल अर्याल,भजन कीर्तनको संयोजकमा नारायणदत्त अर्याल सर्वसम्मतिबाट चयन हुनुभएको छ। यस कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बोधराज गौतमले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव डोलराज अर्यालले गर्नुभएको थियो।

Share Post on Social media