पहिलो पाइला नेपाल स्याङ्जाद्वारा सदरमुकाममा दीप प्रज्वलन

माघ ३/स्याङ्जा: पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज स्याङ्जा सदरमुकाममा दीप प्रज्वलन गरिएको छ ।

पहिलो पाइला नेपाल स्याङ्जाको आयोजनामा सन्ध्या लामिछानेको संयोजकत्वमा पुतलीबजार नगरपालिका -१ चौकीस्थित बि.पि. चोकमा आज दीप प्रज्वलन गरिएको हो ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान लिएको यती एयरलाइन्सको एटिआर विमान 9N-ANC मा दुर्घटनामा परि चालक दलका ४ जना सहित सवार ७२ जना सबैको निधन भएको थियो ।
उक्त विमान दुर्घटनामा परेका दिवाङ्गत आत्माहरुको चिर शान्तिको कामना गर्दै मृतकहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो । पहिलो पाइला नेपाल स्याङ्जा शाखा सदस्य पवन मरासिनीले शोक मन्तव्य राख्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उहाँकै संचालनमा उक्त शोक सभा सम्पन्न भएको हो ।

रामबहादुर रोका/स्याङ्जा

Share Post on Social media