झापाकोट युवा क्लबको आयोजना र नेपाली बाजे स्याङ्जाको संयोजनमा न्यानो कपडा वितरण

माघ ८/जीवन अर्याल: झापाकोट युवा क्लबको आयोजना र नेपाली बाजे स्याङ्जाको संयोजनमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

पुतलीबजार नगरपालिका वडा नं १३ हिरापाटा स्थित बिपी स्मृति आधारभूत विद्यालयमा एक कार्यक्रम गरी न्यानो कपडा वितरण गरिएको नेपाली बाजे स्याङ्जाका संयोजक माधवप्रसाद रेग्मीले जानकारी दिए। पुतलीबजार नगरपालिकाका प्रमुख तुलसी रेग्मीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाली कांग्रेस पुतलीबजार सभापति सुरजकुमार अधिकारी, पुतलीबजार नगरपालिका वडा नं १३ का वडाध्यक्ष जुद्धबहादुर थापा, पुतलीबजार नगरपालिकाका नगरप्रवक्ता मनोज पौडेल लगायत शिक्षक, स्थानीय समाजसेवी, बृद्धबृद्धा, युवा तथा थुप्रै स्थानीयहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा दुईवटा विद्यालयमा अध्ययनरत ३७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। यसअघि पनि नेपाली बाजे टीमले विभिन्न सामाजिक र परोपकारका कार्यक्रम गर्दै आएको छ।

स्वागत मन्तव्य नेपाली बाजे स्याङ्जाकी सहसंयोजक सञ्जु कुँवरले दिएको उक्त कार्यक्रममा अध्यक्षता नेपाली बाजे स्याङ्जाका संयोजक माधवप्रसाद रेग्मीले गरेका थिए भने सञ्चालन झापाकोट युवा क्लबका सचिव सूर्य जिसीले गरेका थिए। साथै झापाकोट युवा क्लबका अध्यक्ष महादेव अर्यालले नेपाली बाजे स्याङ्जाको कार्यको प्रशंसा गर्दै मायाको चिनो प्रदान गरेका थिए।

Share Post on Social media