विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै १० औँ राष्ट्रिय पुस्तक दिवस मनाइयो

माघ १३/युवराज अर्याल: वसन्त पन्चमी एवं श्रीपञ्चमीको अवसरमा मनाउँदै आईएको पुस्तक दिवस नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जा शाखाले यसवर्ष पनि आर्थिक विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई पाठ्यसामग्री वितरण गरेर मनाएको छ ।

माघ १२ गते बिहीबार स्याङ्ग्जा शाखाद्वारा वालिङ नगरपालिका वडा नम्बर १४ थुमपोखरास्थित जनहित माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कापि, कलम सहित विभिन्न स्टेशनरी सामग्री बितरण गरियो ।
जनहित माध्यमिक विद्यालयको ५४ औँ वार्षिकोत्सव अवसर पारेर गरिएको कार्यक्रममा स्याङ्गजा क्षेत्र नम्बर २ का साँसद धनराज गुरुङ्ग, वालिङ नगरपालिका प्रमुख कृष्ण खाँण, १४ नम्बर वडाध्यक्ष बोधराज कुँवर (राजु), प्रधानाध्यापक मिन बहादुर लुइँटेल, वद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृता कुँवर, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासङ्घका केन्द्रीय सदस्य तथा स्याङ्जा शाखाका निवर्तमान अध्यक्ष किसान श्रेष्ठ, गण्डकी प्रदेश सदस्य छायादेवी लुइँटेल, धन बहादुर बहादुर अधिकारी लगायतका अतिथि रहनुभएको थियो ।

Exif_JPEG_420


कार्यक्रममा स्वागत मन्तव्य राख्दै गण्डकी प्रदेश सदस्य पुस्तक व्यवसायी छायाँदेवी लुइँटेलले श्रीपञ्चमीको बिशेष दिन र पाठ्यपुस्तकको महत्वलाई बुझेर यो दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन आग्रह गर्नुभयो, शिक्षक टोप बहादुर अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लोकनाथ तिवारी, वडा नम्बर १४ का अध्यक्ष बोधराज कुँवर लगायतका वक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।


कार्यक्रममा स्थानीय समाजसेवी र उल्लेख्य अभिभावक एवं वद्यार्थीको उपस्थिति रहेको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा स्याङ्ग्जाका अध्यक्ष रामु लुइँटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जिल्ला शाखा सहसचिव युवराज अर्यालले गर्नुभएको थियो ।

Share Post on Social media