विरुवा गाउँपालिकामा खाद्य सुरक्षा तथा निर्देशक समितिको बैठक सम्पन्न

फागुन १/स्याङ्जा: विरुवा गाउँपालिकामा खाद्य सुरक्षा तथा निर्देशक समितिको बैठक सम्पन्न भएको छ।

विरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवरको अध्यक्षतामा बसेको बैठकमा विरुवा गाउँपालिका उपाध्यक्ष भगवती शर्मा, पशुपन्छी तथा मत्स्य विकास निर्दशनालय गण्डकी प्रदेशका निर्देशक डा. मन बहादुर पुन, कृषि विकास निर्दशनालय गण्डकी प्रदेशका निर्देशक श्री बासुदेव रेग्मी, शिक्षा विकास निर्देशनालयका निर्देशक तिलक प्रसाद सिलवाल, कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयका वास फोकल पर्सन ई. टेकन पण्डित, कार्यपालिका सदस्य ज्यूहरु, गाउँपालिका कार्यालयका शाखा प्रमुखहरू, सुआहारा परियोजनाका वरिष्ठ अधिकृत श्री दिनेशराज ओझा, स्वास्थ्य संस्थाका प्रमुखहरू लगायत अन्य स्वास्थ्यकर्मीहरुको विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्वास्थ्य शाखा, शिक्षा शाखा, कृषि शाखा, पशुपंछी शाखा र खानेपानी शाखाको तर्फबाट पोषण तथा खाद्य सुरक्षा सम्बन्धी सम्पादित कार्यक्रम, उपलब्धि र भावी रणनीति सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो ।

Share Post on Social media