राष्ट्रिय युवा संघ नेपाल भीरकोटको दोश्रो नगर अधिवेशन सम्पन्न, जुमाल अलि अध्यक्ष चयन

फागुन २७/स्याङ्जा: राष्ट्रिय युवा संघ भीरकोटको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ।

आज स्याङ्जा जिल्लाको भीरकोटमा सम्पन्न भएको उक्त अधिवेशनले जजमाल अलिको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वाचित गरेको हो।

उपाध्यक्ष चेत बहादुर गुरुङ (राजु), सचिव धन बहादुर के.सी(किसान), उपसचिव बुद्दिमान बि.क.(दीपक), प्रेम सिंजाली लगायतका सदस्यहरु रहेको जानकारी अध्यक्ष पदमा निर्वाचित जुमाल अलिले दिएका छन्।

Share Post on Social media