नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पशुपति पौडेल निर्वाचित

फागुन २७/स्याङ्जा: नेपाल शिक्षक संघ स्याङ्जाको नवौं अधिवेशन सम्पन्न भएको छ।

आज सम्पन्न उक्त अधिवेशनले पशुपति पौडेलको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा बाटुली पौडेल अधिकारी, उपाध्यक्षमै परशुराम भट्टराई, सचिव युवराज ढकाल लगायतका ३२ सदस्य चयन भएको जनाइएको छ।

Share Post on Social media