“मानवसेवामा स्याङ्जाबासीको सोच, एक करोड अक्षयकोष” कार्यक्रम पोर्चुगलमा सम्पन्न

वैशाख २७/पोर्चुगल:

“मानवसेवामा स्याङ्जाबासीको सोच, एक करोड अक्षयकोष “ भन्ने मुल नाराका साथ प्रथम यूरोप भेला पोर्चुगलको लिस्बोनमा भब्यताका साथ बिभिन्न घोषणापत्र जारी गर्दै सभ्य रुपमा सम्पन्न भएको छ । स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष बिनयशिल ब्यक्तित्व अर्जुन अर्यालको अध्यक्षता रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज समन्यब समितिका अध्यक्ष सरल व्यक्तित्व टुकराज अर्याल प्रमुख अतिथि हुनुहुन्थ्यो भने मुल आयोजक पोर्चुगल रहेको थियो । दोश्रो दिनको कार्यक्रमको आयोजक युरोप शाखाको समन्वयम सम्पन भयो जसको अध्यक्षता यूरोप संयोजक रामन्द्र शर्माले गर्नुभएको थियो ।
दोश्रो दिन पोर्चुगलका केही स्थानहरु भ्रमण समेत गरिएको थियो । बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित करिब सय जनाको उपस्थितिले कार्यक्रमलाई सफल बनाउन सहयोग पुगेको बताइएको छ। कार्यक्रममा विभिन्न देशबाट निम्नलिखित व्यक्तिहरुको उपस्थिति थियो।
स्याङ्जा सहयोग समाज पोर्चुगल अध्यक्ष: अर्जुन अर्याल
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय अध्यक्ष/ प्रमुख अतिथि : टुकराज अर्याल
बरिस्ठ सल्लाहकार – थर्क सेन ( बेलायत )UK
सल्लाहकार : शशी पौडेल नेदरल्याण्ड
सल्लाहकार : धुर्ब राज पौडेल बेल्जियम
सल्लाहकार : एम पि अर्याल
उपाध्यक्ष : हेमन्त रानाभाट स्पेन
सचिव : इन्दिरा खनाल बेल्जियम
युरोप संयोजक : राम चन्द्र शर्मा बेल्जियम
स्याङ्जा समाज यु के : अध्यक्ष सारदा गुरुङ
स्याङ्जा समाज स्पेन : अध्यक्ष बिमल गुरुङ
स्याङ्जा समाज नेदरल्यान्डस : अध्यक्ष राजेन्द्र शर्मा
स्याङ्जा समाज बेल्जियम : उपाध्यक्ष पुण प्रसाद खनाल
स्याङ्जा समाज फ्रान्स : महासचिब उदय राज पान्डे
दिल माया शर्मा पौडेल – बेल्जियम
राष्ट्रिय कलाकार : रुपक डोटेल
पोर्चुगल स्थित सम्पुर्ण स्याङ्जावासी तथा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको विशेष उपस्थिति रहेको थियोे ।
पूर्व महासचिब ( पोर्चुगल ) बिपिन अर्यालले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष देवी डोटेलले गर्नुभएको थियो भने रुपक डोटेल लगायतका कलाकारले आफ्नो प्रस्तुति दिनुभएको थियो ।
एमपी अर्याल

Share Post on Social media