स्याङ्जामा अवैध लागुऔषध सहित १ जना पक्राउ

जेठ २३/स्याङ्जा: अवैध लागुऔषध सहित एक जनालाई प्रहरीले स्याङ्जामा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं ४ रामकोषबाट दिनेश महर्जनलाई पक्राउ गरेको हो।

वुटवलबाट पोखरातर्फ जाँदै गरेको ग. २ ख. ५१५ नं.को यात्रु बाहक बस चेकजाँच गर्दा भक्तपुर जिल्ला घर भई हाल पोखरा बस्ने दिनेश महर्जनको साथबाट अवैध लागुऔषध २ मिलिको झोल सहितको PHENERGAN ६४ एम्पुल , NOOPHIN ६४ एम्पुल र Diazepam ६४ एम्पुल गरी जम्मा १९२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

उनलाई पक्राउ पश्चात अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

Share Post on Social media