चापाकोट नगरपालिकाले पनि श्रम स्वीकृति दिन सुरु
जेठ २८/सुनिल न्यौपाने: स्याङ्जाको चापाकोट नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत आइतबारबाट श्रम स्वीकृति दिन थालिएको हो।
पहिलो सेवाग्राहीका रुपमा आउनुभएका चापाकोट नगरपालिका- ९ का भुवन प्रसाद ढकाललाई नगर प्रमुख देव बहादुर खाँणबाट श्रम स्वीकृति प्रदान गरि सेवा शुभारम्भ गरिएको हो। ढकाललाई नगर प्रमुख खाँणले श्रम स्वीकृतिको पत्र हस्तान्तरण गर्नुभएको थियो ।
बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित र भरपर्दो तथा पारदर्शी एवं सहज बनाउन सेवाग्राहीहरुलाई स्थानीय तहबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरुप चापाकोट नगरपालिका, रोजगार सेवा केन्द्रबाट व्यक्तिगत श्रम स्वीकृति र पुन श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुरुवात गरिएको छ ।
स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति पाउँद ढकालले खुशी लागेको बताउनुभयो। चापाकोट नगरपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक प्रेम रेग्मीले व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सहजीकरण गर्नुभएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्