स्थापनाको प्रथम वार्षिकोत्सव पारेर रास्वपा भीरकोटले गर्यो वृक्षारोपण

असार १/जीवन अर्याल: वैकल्पिक शक्तिको रुपमा उदाएर छोटो समयमा एकदमै लोकप्रिय बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको छ।

यो एकवर्षे अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर शाखा तथा सदस्य विस्तार मात्र गरेको छैन, ठाउँ – ठाउँमा सामाजिक कार्य समेत गरिरहेको छ। रास्वपा भीरकोटले स्थापना दिवसकै अवसर पारेर देशभर वृक्षारोपण गरेको बेला रास्वपा भीरकोटले पनि स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र मन्दिरमा वृक्षारोपण गरेको हो।

पवित्र धार्मिक स्थल छाँयाक्षेत्र शिव न्दिर छाङछाङ्दी परिसरमा ईश्वरीय अंश बर, पीपल र समीका विरुवा रोपेर आफ्नो प्रथम वार्षिकोत्सव मनाइएको रास्वपा भीरकोटका संयोजक तथा युवा व्यवसायी सुरेश उचै ठकुरीले जानकारी दिए।

Share Post on Social media