अग्नि पीडितलाई मुस्लिम समाजले गर्यो नगद सहयोग

असार ९/खबरकलम संवाददाता: अचानक आगलागी भएर पीडामा परेका झरना फोटो स्टुडियोका सञ्चालक राजेश पौडेललाई मुस्लिम समाज भीरकोटले नगद सहयोग गरेको छ।

करुङ बयरघारी मुस्लिम समाज कतारको सहयोगमा विभिन्न सहयोगीबाट संकलन गरिएको नगद रु १९७२४ ईद उल् अज्हा (बक्राईद) अवसरमा सहयोग गरिएको समाजले जनाएको छ। अग्नि पीडितलाई ठूलो सहयोग गर्न नसकेपनि पीडामा मलम बन्ने कोसिस गरिएको करुङ बयरघारी मुस्लिम समाज कतारका अध्यक्ष हुसैन अलिले जानकारी दिए।

आगोलागीमा करिब ५० लाख बराबरको सम्पत्ति क्षति भएका अग्नि पीडित पौडेललाई विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सहयोग गरिरहेका छन्।

Share Post on Social media