स्याङ्जामा उपचाररत कोरोना संक्रमितमध्ये आज भए ३० जना डिस्चार्च

जीवन अर्याल/ खबरकलम

स्याङ्जाको कालिका सामुदायिक अस्पतालमा आइसोलेसनमा भएका ४१ जना प्रहरी कर्मचारी मध्ये २२ जनाले कोरोना जितेर फर्केका छ्न् !

अस्तीको दिन पनि ३ जना गरी २५ जना डिस्चार्ज भएका छ्न् भने १७ जनाको पोजिटिभ देखिएकोले उनीहरु अस्पतालमा पुन: आइसोलेसनमा रहेका छन् | अन्य ८ जना नागरिकले पनि कोरोना जितेर आज खुशियालीका साथ आ – आफ्नो घरमा फर्केका छ्न् । यस सँगै आज जम्मा ३० जनाले कालीका अस्पतालबाट कोरोना जितेको र एक जनाले आफ्नो परिवारको सदस्यको हेरचाह गर्नुपर्ने भएकाले रिपोर्ट नेगेटिभ आएपनि अस्पतालमै बसेको कालिका सामुदायिक अस्पतालका सूचना अधिकारी अर्जुन अर्यालले खबरकलमलाई बताएका छन् ।

Share Post on Social media