पालिकावासीलाई निशुल्क स्वास्थ्य उपचार दिँदै कालीगण्डकी गाउँपालिका

असार ११/स्याङ्जा: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले आफ्नो पालिकाका वासिन्दालाई निशुल्क स्वास्थ्य उपचार दिने भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताए।

साथै उनले जटिल उपचार गर्नुपर्ने अवस्था भएका बिरामीलाई निशुल्क तथा पालिकाभरका सम्पूर्ण वासिन्दालाई निशुल्क स्वास्थ्य बिमा समेत गर्न लागिएको जानकारी पालिका अध्यक्ष खिमबहादुर थापाले दिए।

Share Post on Social media