पुतलीबजार नगरपालिकाको आव २०८०/०८१ को बजेट १ अरब ४० करोडको हुने

असार ११/स्याङ्जा:पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट १ अरब ४० करोडको हुने भएको छ।

पुतलीबजार नगरपालिकाको १३ औं नगरसभामा नगरप्रमुख तुलसीराम रेग्मीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख देवी अर्यालद्वारा प्रस्तुत १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरिएको हो।

यसैगरी उपमेयर देवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित आयव्यय सहितको बजेट प्रस्तुत गरेकी हुन्।आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ ९४ करोड ५८ लाख ८६ हजार अर्थात् र पुँजीगत तर्फ ४५ करोड ६४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ८७ लाख ९० हजार, भौतिक पूर्वाधार विकास तर्फ ४२ करोड ५१ लख २१ हजार, सामाजिक विकास तर्फ ७३ करोड २८ लाख ५९ हजार, संस्थागत क्षमता विकास तथा सेवा प्रवाहतर्फ ५ करोड २३ लाख ६८ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ९१ लाख र प्रशासनिक खर्चतर्फ १३ करोड ४१ लख ३३ हजारको बजेट विनियोजन गरिएको छ।

Share Post on Social media