अर्जुनचौपारी गाउँपालिकाबाट श्रम स्वीकृति सुरु, ख्यामबहादुर बने पहिलो व्यक्ति

असार २०/जीवन अर्याल: अर्जुनचौपारी गाउँपालिकाबाट श्रम स्वीकृति दिन सुरु गरिएको छ। अर्जुनचौपारी गाउँ पालिका वडा नं १ का ख्यामबहादुर दमैलाई पुनः श्रम स्वीकृति प्रदान गरी श्रम स्वीकृति सेवाको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ।

श्रम स्वीकृति लिनको लागि राहदानी, एक प्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता को विवरण (चेकको प्रतीलिपि ), व्यक्तिगत इमेल आइडी , सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, भिसाको प्रतिलिपि सहितका कागजातहरु पेश गरी पालिकाको रोजगार सेवा केन्द्र मार्फत अनलाइन आवेदन दिई सेवा लिन सकिने अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले जानकारी दिए।

स्याङ्जा जिल्लाका विभिन्न पालिकाले यसअघि नै श्रम स्वीकृति सेवा सुरु गरिसकेका छन्।

Share Post on Social media