भीरकोट नगरपालिकाको सुविधा सम्पन्न ४० शैयाको क्वारेन्टाइन निर्माण कार्य अन्तिम चरणमा

खबरकलम संवाददाता/स्याङ्जा

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले आफ्नै क्वारेन्टाइन स्थल बनाउन लागेको छ। आफ्नै वडा नं. ५ फुलवारीस्थित पशुपति आधारभुत विद्यालयमा सुविधा सम्पन्न ४० शैयाको क्वारेन्टाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी नगरपालिकाका सूचना प्रबिधि अधिकृत कमल रेग्मीले फेसबुकमा गराएका छन्।

क्वारेन्टाइनका लागि आवश्यक पूर्वाधार निर्माणको काम सँगै इन्टरनेट जडान (WI-FI Installation) को काम पनि सम्पन्न भएको उनको भनाई छ। यसअघि नगरपालिकाले कन्साइन्स अंग्रेजी मावि हेलू, बालोदय मावि सुन्दरबजार, भूपू सैनिक मावि तथा बालज्योति मावि बयरघारीलाई क्वारेन्टाइन स्थल बनाएको थियो।

Share Post on Social media