भीरकोटमा विशिष्टीकरण तालिका तथा पाठ्यक्रम सम्बन्धी कार्यशाला सम्पन्न

साउन १/कृष्ण पौडेल: भीरकोट नगरपालिका वडा नं ५ स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा १ दिने गणित,विज्ञान र अंग्रेजी विषयका शिक्षकहरूको विशिष्टीकरण तालिका तथा पाठ्यक्रम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भीरकोट नगरभित्रका विभिन्न विद्यालयका गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरूको सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्माचार्यले अब बोलीमा मात्र नभई व्यवहारमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको जानकारी दिँदै हरेक शुक्रबार पूर्ण रूपमा व्यावहारिक एबं सीपमुलक शिक्षा प्रदान गर्ने कार्यक्रम अगाडि बढाउने बताए।

कार्यक्रममा बोल्दै भीरकोट नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने खालका यस्तै कार्यक्रमहरूको निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। भीरकोट भित्रका गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकहरू सहित करिब ६० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा वडा नं ५ का अध्यक्ष सु श्री कृष्ण बहादुर थापा, विद्यालय निरीक्षक नवीन थापा, नगर प्रमुखका स्वकीय सचिव आयुष पाैडेल लगायतका अतिथिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षकहरु नवराज पाैडेल, दीपक लम्साल, तिलक पराजुली रहेका थिए।

सम्पूर्ण सहभागीहरूलाई विद्यालयका प्रधानाध्यापक श्री राजेन्द्र कुमार खाँणले स्वागत गरेका थिए भने विद्यालयका शिक्षक कृष्ण प्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

Share Post on Social media