मनपरी भाडा असुल्ने सवारीसाधनलाई नियमन गर्दै स्याङ्जाको ट्राफिक प्रहरी

युवराज अर्याल/स्याङ्जा: मनपरी भाडा असुल्ने सवारीसाधनलाई नियमन गर्दै स्याङ्जाको ट्राफिक प्रहरीले विभिन्न स्थानबाट चेकजाँच थालेको छ।

जिल्लाका ग्रामीण तथा पक्की सडकमा गुड्ने सवारी साधनहरुले मनपरि भाडा असुल्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवसायी र जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको संयुक्त छलफलबाट निर्धारण गरिएको नयाँ भाडादर कडाइका साथ लागू गराउन ट्राफिक प्रहरी विभिन्न ठाउँमा खटिएका हुन् ।

पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडादरका आधारमा बस यात्राका लागि प्रतिव्यक्ति प्रति किलोमिटर ५ रुपैंयाँ ५० पैसा र जीपमा प्रतिव्यक्ति प्रतिकिलोमिटर ६ रुपैंयाँ कायम गरिएको छ ।

यसैगरी कच्ची सडकमा बसका लागि प्रतिव्यक्ति प्रतिकिलोमिटर ११ रुपैंयाँ र जीपका लागि भने १२ रुपैंयाँ तोकिएको छ। मनपरी भाडा असुल्ने वा तोकिएभन्दा फरक हुनेगरी कुनै सवारीसाधनले भाडा लिएमा तुरुन्त ट्राफिक प्रहरीलाई खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ।

हेर्नुस्, हेलुबाट छुट्ने सवारीसाधनको भाडादर।

Share Post on Social media