नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

साउन ७/केके संवाददाता: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ स्याङ्जाले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

स्याङ्जा बजारको सिटीहलमा आयोजित खुला रक्तदान कार्यक्रममा जम्मा १२८ जनाले रक्तदान गरेका थिए भने रक्तदान गर्नेमा ९ जना महिला समेत रहेका थिए। राष्ट्रिय युवा संघ स्याङ्जाका अध्यक्ष पिताम्बर खनाल सुशीलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पारस गैह्रे, गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दास, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, बिरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवर, निवर्तमान गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, पुतलीबजार नगरपालिकाकी निवर्तमान मेयर सीमा क्षेत्री, निवर्तमान उपमेयर महेश पुरी, कालिका मावि झापाकोटका निवर्तमान अध्यक्ष दोबबहादुर कार्की लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

खुला रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्णलाई राष्ट्रिय युवा संघ स्याङ्जाका अध्यक्ष पिताम्बर खनालले धन्यवाद ज्ञापन गरेका छन्।

Share Post on Social media