स्ववियु वालिङ बहुमुखी क्याम्पसले सम्पन्न गर्यो हाजिरीजवाफ प्रतियोगिता, वालिङ क्याम्पस नै प्रथम

साउन १९/वालिङ: स्वतन्त्र विद्यार्थी युनियन वालिङ बहुमुखी क्याम्पसले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

वालिङ नगरपालिकाभरीका विद्यालय तथा क्याम्पसका विद्यार्थीले भाग लिन पाउने गरी आयोजना गरिएको नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको प्रथम पुरस्कार वालिङ बहुमुखी क्याम्पस स्नातक टीमले प्राप्त गरेको छ भने द्धितीय पुरस्कार समेत वालिङ बहुमुखी क्याम्पस +२ टीमले नै प्राप्त गरेको छ। तृतीय पुरस्कार भने पुर्णामृत भवानी मावि वालिङले प्राप्त गर्यो।

वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा अध्यक्षता स्ववियु वालिङ बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष युवराज तिवारीले गरेका थिए भने सञ्चालन स्ववियु वालिङ बहुमुखी क्याम्पस सचिव राजिन कुँवरले गरेका थिए।

स्ववियु वालिङ बहुमुखी क्याम्पस सदस्य डिला भुसालको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा प्राध्यापक संघ वालिङ बहुमुखी क्याम्पस अध्यक्ष याम बहादुर कुँवर , कामु क्याम्पस प्रमुख युवराज पाठक , वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा लगायतका वक्ताले आफ्नो भनाइ राखेका थिए।

पूर्णमृत भवानी मावि, नेपाल आदर्श आमावि तथा क्याम्पस, राष्ट्रिय मावि, वालिङ बहुमुखी क्याम्पस स्नातक टीम, वालिङ बहुमुखी क्यापस +२ टीम, पिस जोन मावि, आँधीखोला बहु-प्राबिधिक शिक्षालय, सगरमाथा आमावि, रणवीर जनहित मावि, पाइनिएज हायर एजुकेशन एकेडेमी लगायतका विद्यालयहरुको
उक्त प्रतियोगितामा सहभागीता थियो।

Share Post on Social media