नेविसंघ भीरकोटद्वारा SEE उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

साउन २०/नारायण कोइराला: नेपाल विद्यार्थी संघ भीरकोटले २०७९ सालको SEE मा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ।

भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथतामा सम्पन्न भएको कार्यक्रममा भीरकोट नगरपालिकाका विभिन्न माध्यमिक विद्यालयहरूबाट २०७९ सालको SEE मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

विद्यार्थीहरूलाई सम्बोधन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले अनुशासित र जिम्मेवार भएर अध्ययनलाई प्राथमिकता दिन अनुरोध गरेका थिए। कर्तव्यनिष्ट भएमा मात्र सहज रूपमा जिन्दगीमा सफलता प्राप्त गर्न सकिने बताउँदै नगर प्रमुख कर्माचार्यले समाज र देशलाई योगदान दिन सक्ने गरी अध्ययनमा जुट्न विद्यार्थीहरूलाई सुझाव दिएका थिए ।

आयोजक नेपाल विद्यार्थी संघ भीरकोटका सभापति लक्ष्मण अधिकारीले सम्मानित विद्यार्थीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै असल, सफल र चरित्रवान विद्यार्थी भएर अध्ययन कर्ममा जुट्न अनुरोध गरेका थिए।

शनिबार सम्राट सदनमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठ , निवर्तमान नगर प्रमुख छायाराम खनाल, निवर्तमान नगर उपप्रमुख सिमा के. सी. कर्माचार्य नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिका पदाधिकारीहरू, जनप्रतिनिधि र स्थानीय नेता कार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा युवा नेता सुनिलबाबु चापागाईं,नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण ) , महिला नेतृ सुनिता उच्चै ठकुरी, निवर्तमान नगर प्रमुख छायाराम खनाल लगायतका व्यक्तित्वहरूले SEE उत्तीर्ण विद्यार्थीहरूलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यार्थीहरूलाई प्रजातान्त्रिक आचरणलाई अनुशरण गर्दै असल, चरित्रवान र अध्ययनलाई प्राथमिकतामा राखेर आफ्नो, समाज र देशको हितलाई ध्यानमा राखेर अगाडी बढ्न सुझाव दिएका थिए।

Share Post on Social media