जिल्लाभर साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम गर्दै स्याङ्जा प्रहरी

भदौ ४/स्याङ्जा: देशभर साइबर अपराधसम्बन्धी घटनाहरु बढ्दै गएको अवस्थामा स्याङ्जा जिल्ला प्रहरीले भने जिल्लाभर सचेतना कार्यक्रम संचालन गरिरहेको छ।

साइबर अपराधसम्बन्धी घटनाहरु बढ्न नदिन र सचेतना जगाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफू र आफू मातहतका प्रहरी कार्यालयबाट टोली नै बनाएर गाउँ-गाउँमा सचेतना कार्यक्रम आयोजना गरेको हो।

केही समयदेखि सञ्चालन गरिएको सचेतना कार्यक्रम अन्तर्गत आज पनि जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतको प्रहरी चौकी अर्जुनचौपारी, गल्याङ र चित्रेभञ्याङबाट खटिएको प्रहरी टोलीले समुदाय-प्रहरी साझेदारी लघुसचेतना तथा ग्रामीण गस्ती अन्तर्गत बिभिन्न स्थानहरूमा खटिई गई साईबर अपराध विरूद्धको सचेतनामूलक कार्यक्रम संचालन गर्नुका साथै गई शान्ति सुरक्षा लगायतको विषयमा छलफल र अन्तर्क्रिया गरेको प्रहरीले जनाएको छ।

साइबर सचेतना कार्यक्रम गर्नेदेखि ग्रामीण गस्ती र गाँजा फँडानी गर्ने कार्यक्रम निरन्तर चलिरहने जनाइएको छ।

Share Post on Social media