अवैध गाँजाका बोटहरु धमाधम फँडानी गर्दै स्याङ्जा प्रहरी
भदौ ९/स्याङ्जा: नेपालको कानूनले अवैध मानेको गाँजा खेतिप्रति स्याङ्जा प्रहरी निकै आक्रमक रुपमा प्रस्तुत भैरहेको छ।
पछिल्लो समय अवैध रुपमा खेति गरिएको गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यालय स्याङ्जा र यस मातहतका प्रहरी कार्यालयले गस्ती टोली नै बनाएर नष्ट गरेको हो। यस अन्तर्गत आज पनि प्रहरी चौकी पंचमूलबाट खटिएको टोलीले आँधीखोला गाउँपालिका वडा नं छ ढलेपिपलमा अवैध रूपमा रहेका हरिया गाँजाका बोटहरू फँडानी गरेको हो।
स्याङ्जा जिल्लाभर गाँजाका बोटहरु नष्ट गर्ने तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्