बालदिवसको अवसरमा अर्जुनचौपारीमा वक्तित्वकला प्रतियोगिता, सरस्वतीका एन्जल प्रथम

भदौ २९/स्याङ्जा: “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा अर्जुनचाैपारी गाउँपालिकाले वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

गाउँपालिकाद्वारा आयोजित आधारभूत र माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा आधारभूत तह तर्फ श्री सरस्वती आधारभूत विद्यालयका एन्जल थापा प्रथम भएका छन्। श्री जन मा. वि. का अनिश चापागाई द्वितीय, श्री शितला ई. बो. स्कूलकी बहिनी सुप्रिया क्षेत्री तृतीय भएका छन् भने माध्यमिक तह तर्फ श्री घण्टे मा विकी सुस्मिता शर्मा प्रथम, श्री पञ्चकन्या माविका अशोक ढकाल द्वितीय तथा श्री अर्जुनचौपारी चिलेन्ड्रस एकेडेमीकै दीपिका अर्यालले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।

सहभागी सम्पूर्णलाई अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले धन्यवाद ज्ञापन गरेका थिए।

Share Post on Social media