मनकारी डाक्टरले बाँडे विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामग्री
भदौ ३०/ खबरकलम संवाददाता: मनकारी डाक्टर मनोरद्धिन सैयदले विद्यार्थीलाई न्यानप कपडा र खेलकुदका सामाग्रीहरु वितरण गरेका छन्।
भीरकोट नगरपालिका वडा नं १ स्थित लक्ष्मी आधारभूत विद्यालय गजौदीमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा, टोपी र भलिबल वितरण गरिएको वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसीले जनाएका छन्। उक्त विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीलाई शैक्षिक पोशाक तथा अन्य सामग्रीहरु वितरण गरिएको हो।
डाक्टर सैयदले यसअघि पनि समाजसेवा अन्तर्गत विभिन्न खालका कार्यक्रम गर्दै आएका छन्।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्