गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६११ पुग्यो

राम बहादुर रोका/स्याङ्जा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६११ पुगेको छ|‍‍ आज अद्यावधिक गरिएको विवरण अनुसार गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कुल ७८२ नमुना परीक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण फेला परको हो|

जसमध्ये कास्की जिल्लामा ३ जना, म्याग्दी जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १३ जना र स्याङ्जा जिल्लाका ७ जना गरी २४ जनामा नयाँ कोरोना संक्रमण देखिएको र उनीहरुलाई सम्बन्धित जिल्लास्थित आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन्|

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या पनि १४४३ पुगेको छ| पछिल्लो २४ घन्टामा कुल ६० जना व्यक्तिहरु निको भई घर फिर्ता भएका छन्|

Share Post on Social media