संविधान दिवसको अवसरमा पहिलो पाइला स्याङ्जाको दीप प्रज्वलन

असोज ४/राम बहादुर रोकाहा: संविधान दिवसको अवसरमा असोज ३ गते साँझ पहिलो पाइला नेपाल स्याङ्जाले दीप प्रज्वलन गरि मनाएको छ ।


सामाजिक संस्था पहिलो पाइला नेपाल स्याङ्जा शाखाले पुतलीबजार नगरपालिका -१ सदरमुकाम स्थित शहीदचोकमा ८ औं संविधान दिवस पारेर नेपालको नक्सा बनाई दीप प्रज्वोलन गरी मनाएको हो ।


उक्त कार्यक्रम सुरुवात भने नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले दीप बालेपश्चात गरिएको पहिलो पाइला नेपाल स्याङ्जा शाखाका उपाध्यक्ष पवन मरासिनीले जानकारी दिनुभयो ।


उहाँले नियमित कार्यक्रम अनुसार संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरिएको बताउनुभयो । पछिल्लो समयमा संस्थाले विभिन्न रचनात्मक कार्य गर्दै आएको समेत उपाध्यक्ष मरासिनीले जानकारी दिनुभयो ।

Share Post on Social media