विश्व हिन्दू युवा संघ स्याङ्जाको पहलमा अर्जुनचौपारी गाउँपालिका प्रमुखको कार्यकक्षमा राखियो पृथ्वीनारायण शाहको तस्विर

असोज २/स्याङ्जा: विश्व हिन्दू युवा संघ स्याङ्जाको पहलमा स्याङ्जा जिल्लाका हरेक स्थानीय तहमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्विर राख्ने कार्य सुरु गरिएको छ।

यस कार्य अन्तर्गत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ को वडा कार्यालय र अर्जुनचौपारी गाउँपालिकाकै अध्यक्षको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्विर राखिएको हो। पृथ्वीनारायण शाहले राष्ट्रनिर्माणको खातिर गरेको योगदानको उच्च मूल्यांकन गर्दै योगदानको सम्मानार्थ हरेक कार्यालयमा तस्विर राख्न पहल गर्ने जानकारी विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले दिए।

अर्जुनचौपारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रनबहादुर थापा तथा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले समेत पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्यांकन गरिने र सदा सम्मान गरिने जानकारी दिए।

Share Post on Social media