चाडबाडको अवसरमा अर्जुनचौपारीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

असोज ५/खबरकलम संवाददाता: नेकपा एमाले अर्जुनचौपारी गाउँकमिटीले शुभकामना आदानप्रदानका कार्यक्रम सम्पन्न गरेको छ। 

गण्डकी प्रदेश प्रदेश सभा सदस्य एवम् गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिर पौडेलको प्रमुख आतिथ्यता तथा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलको विशिष्ट आथित्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो। 

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोबबहादुर कार्कीले चाडबाडलाई भड्किलो रुपले मनाउने नभई संयमित णएर मनाउन अनुरोध गरे। उनले २०८४ मा हुने निर्वाचनमा एमालेले हार्न छुट नभएको भन्दै आजैबाट लाग्न अनुरोध समेत गरे। यसैगरी नेकपा एमाले भीरकोटका विश्वनाथ अर्यालले सरकारमा हुँदा जनपक्षीय काम गरेको स्मरण गराउँदै ऐले प्रतिपक्षमस रहेर पनि जनताकै अपेक्षा समेटिरहेको र सरकारलाई खबरदारी गरेको बताउँदै चाडबाडले मिलेर एकतामा जोड दिने सन्देश दिएको बताए। 

निवर्तमान अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले आफ्नो कार्यकालमा ३८ वटा टोलमा एम्बुलेन्स जाने अवस्था बनाएको, प्रशासकीय भवन बनाएको, औद्योगिक ग्राम बनाएको, खेलमैदान बनाएको जिकिर गर्दै अबको नेतृत्व सच्चिएर जाने प्रतिबद्धता समेत व्यक्त गरिन्। 

आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेलले विकृतितर्फ संस्कार र चालचलन जान थालेकाले आफ्नो संस्कार र संस्कृतिको पक्षलाई बलियो गरी समेट्न अनुरोध गर्दै  रीतिरिवाजलाई संरक्षण गर्दै चाडबाड मनाउन र नागरिकसँग नजिक हुने, नागरिकको मन जित्ने गरी स्थानीय तहदेखि नै काम गर्न अनुरोध समेत गरे। उनले  समय, प्रविधि र सिद्धान्त नमान्ने जोसुकै पनि असफल हुने बताए। 

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुधिर पौडेलले न्यून पुँजीवादी चिन्तन ( तँ र म, तेरो र मेरो) बाट माथि उठ्न अनुरोध गर्दै गाउँमा, टोलमा राष्ट्रिय राजनीतिको बहसमा लाग्न, हरेक अवस्थामा अपडेट हुन र समस्यालाई मिहिन ढंगले विश्लेषण गर्न अनुरोध गरे। 

उक्त कार्यक्रममा नेपाली काँग्रेसका अर्जुनचौपारी गाउँपालिका सचिव शालिग्राम काफ्ले, नेपाली कांग्रेसका निवर्तमान अर्जुनचौपारी गाउँपालिका सभापति बोधनारायण रेग्मी, सुरेन्द्र रेग्मी, खबरकलम डटकमका सञ्चालक जीवन अर्याल लगायत नेकपा एस, नेकपा माओवादी र विप्लव नेतृत्वको माओवादीका प्रतिनिधि समेतले शुभकामना व्यक्त गरेका थिए। 

शुभकामना आदानप्रदान कार्यक्रम टंकप्रसाद खनालले गरेका थिए। भने स्वागत अर्जुनचौपारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष नारायण ढकालले गरेका थिए। 

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गरिएको थियो। 

Share Post on Social media