चापाकोटमा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र

मंसिर १५/ सुनिल न्यौपाने: करोडौंको आधुनिक उपकरण सहित बिशेषज्ञ चिकित्सक सुविधा सहित संचालनमा ल्याउने भनिएको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र अवस्थामा रहेको छ।

धुलीखेल अस्पतालको सहकार्यमा २०७९ भदौ ६ गतेबाट यस अस्पताल केही महिना संचालनमा आएपनि ब्याबस्थापनको कमजोरीको कारण अस्पतालको सेवा बन्द हुँदा यस क्षेत्रका बिरामीले स्वास्थ्य सुबिधा लिनबाट बन्चित भएका छन् ।

गण्डकी बेशीकै आधुनिक भवन र अत्याधुनिक उपकरण रहेको यस अस्पताल राम्रो ब्यबस्थापन सहित संचालन गर्न नसक्दा सरकारी लगानी र सर्बसाधारणले शेयर बनेर जम्मा गरेको रकम समेत प्रयोगविहीन भएको स्थानीयले बताएका छन्।

Share Post on Social media