स्याङ्जामा दोस्रोपटक महिलालाई सिडियोको जिम्मेवारी, सुनिता नेपाल स्याङ्जा आउने


स्याङ्जा
स्याङ्जाले दोस्रोपटक महिला सिडियो पाएको छ । सुनिता नेपालले स्याङ्जा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएकी हुन् ।

स्याङ्जाका सिडियो शशिधर घिमिरेको गृह मन्त्रालय सरुवा भएसङ्गै स्याङ्जाले महिला सिडियोको रुपमा नेपाललाई पाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको जिम्मेवारी सम्हालेकी नेपालले यसपटक स्याङ्जाको जिम्मेवारी पाएकी हुन् ।
स्याङ्जाले यसअघि इन्दु घिमिरेलाई महिला प्रजिअको रुपमा पाएको थियो ।

Share Post on Social media