कालिका मावि झापाकोट पुतलीबजारको सर्वोत्कृष्ट विद्यालयको रुपमा पुरष्कृत
पौष २२/खबरकलम डेस्क: कालिका माध्यामिक विद्यालय झापाकोटलाई पुतलीबजार नगरपालिकाको १४ औं नगरसभाबाट उत्कृष्ट विद्यालय घोषित गरिएको छ।
आज सम्पन्न पुतलीबजार नगरपालिकाको १४औं नगर सभाद्वारा शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परिक्षा (SEE ) मा सबैभन्दा उच्च नतिजा सहित उत्कृष्ट जिपिए प्राप्त गरेकाले पुतलीबजार नगरपालिकाका विद्यालयहरुमध्ये कालिका माध्यामिक विद्यालय झापाकोटलाई पुरष्कृत गरिएको हो।
पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीप्रसाद रेग्मीले कालिका माध्यामिक विद्यालय झापाकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइराला र प्रधानाध्यापक वीरबहादुर क्षेत्रीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए।
२०७९ सालको एसईई परीक्षामा कालिका माध्यामिक विद्यालयबाट ३.९५ जिपिए ल्याई आयुश घिमिरेले सामुदायिक विद्यालयको तर्फबाट जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएका थिए। गत वर्ष कालिका माध्यामिक विद्यालयबाट ७२ जना विद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका थिए।
कालिका माध्यामिक विद्यालय स्याङ्जा जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्दछ। हाल यो विद्यालयले स्कुल बस समेत सञ्चालन गरी सेवा प्रदान गरिरहेको छ। नेपाली र अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने यस विद्यालयमा हाल ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्