चापाकोट नगरपालिकामा खानेपानी समस्या समाधान गरिने

पौष २४/सुनिल न्यौपाने: चापाकोट नगरपालिकाका नगरप्रमुख देब बहादुर खाणले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चापाकोट नगरपालिका १० बारीकुनामा रहेको दलित बस्तीमा आयोजित कार्यक्रममा १२ घरका दलित समुदायले आफ्नो ठाउमा खानेपानी समस्या रहेको नगरप्रमुख समक्ष बताएका थिए।सोही क्रममा नगर प्रमुख खाणले छिट्टै प्रदेश सरकारबाट खानेपानीको योजना सुरु हुन लागेको कुरा बताए।

नगर प्रमुख खाणले भने,”नगरपालिकाले सम्पुर्ण प्रक्रिया अगाडि बढाइसकेको छ।छिटोभन्दा खानेपानीको समस्या समाधान हुन्छ।”

कार्यक्रममा वडा सदस्य सुजिन्द्र सेनले वडामा भएका विभिन्न समस्या खानेपानी अभाव, फोहरमैला व्यवस्थापनलगायत छिट्टै सामाधान गरिने बताएका थिए । कार्यक्रममा स्थानीयले टोलमा ठूलो समस्याका रुपमा रहेको खानेपानीको विषयलाई समाधान गर्न स्थानीय सरकारको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय चापाकोट प्रमुख प्रहरी नायब उपरीक्षक(DSP) जेसी शाह साथै विभिन्न दलका नेता लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Share Post on Social media