नेपाली सेनाद्वारा निर्मित हेलिप्याड हरिनाश गाउँपालिकालाई हस्तान्तरण
राम बहादुर रोकाहा/स्याङ्जा: नेपाली सेनाको श्रमदानबाट निर्मित हेलिप्याड हरिनाश गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति श्रमदानमा “एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण” गर्ने योजना अनुरुप स्याङ्जाको हरिनाश गाउँपालिका -४ चुलीडाँडा स्थित सार्वजनिक जग्गामा हेलिप्याड निर्माण गरिएको समरजित गुल्म स्याङ्जाका गुल्मपती सेनानी दिपेश खड्काले जानकारी दिए ।
हरिनाश गाउँपालिकाको आर्थिक व्यवस्थापन र समरजित गुल्म स्याङ्जाको श्रमदानबाट निर्माण गरिएको हेलिप्याडको श्री नं. ३ वाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका बाहिनीपती स.र. गौरव कुमार केसीबाट शिलालेख अनावरण तथा समुद्घाटन गरी पालिकाका प्रमुख खिम नारायण मानन्धरलाई हस्तान्तरण गरिएको सेनानी खड्काले बताए । श्री नं. ३ बाहिनी अड्डाका वाहिनीपति स.र. गौरव कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा हरिनाश गाउँपालिकाका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय साथै पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा समरजित गुल्मले गरेको सहयोगको उच्च कदर गर्दै गुल्मपती सेनानी दिपेश खड्कालाई हरिनाश गाउँपालिकाले प्रशंसा पत्र प्रदान गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्