विरुवा गाउँपालिकाभर सुँगुर, बंगुर ओसारपसारमा प्रतिबन्ध लगाइयो

खबरकलम डेस्क/माघ १७: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकामा सुँगुर, बंगुर तथा बँदेल प्रजातिका पशुको व्यापार तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।

विरुवा गाउँपालिकाले एक सूचना जारी गर्दै तनहुँ जिल्लाका विभिन्न ठाउँहरूमा सुँगुर, बंगुर तथा बँदेल प्रजातिका जनावरमा लाग्ने अफ्रिकन स्वाइन फिबर फैलिएको र संभावित जोखिमबाट बच्न पालिकाभर यी प्रजातिका पशुको व्यापार बन्द गरिएको जनाएको हो।

पालिकाले सुँगुर बंगुर तथा बँदेलको मासु, यी जनावरसँगको लसपस, र्याल, मलमुत्र, दानापानी, खोर लगायत खोरमा काम गर्दा प्रयोग गरिने सामग्रीबाट समेत रोग फैलन सक्ने जनाउँदै कहिँकतै यस्ता पशुमा रोगको संकेत देखिएमा आफ्नो पालिकामा सम्पर्क गर्न वा पशु चिकित्सक डा. प्रवेश गौतमलाई ९८६५००८५६१ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

Share Post on Social media